क्यान पदाधिकारीको विदेश सयर, २५ जनाको खेलाडी र अफिसियलको कोटामै अध्यक्ष र कोषाध्यक्ष पुगे अमेरिका | ईमाउण्टेन समाचार

Our Network

जेठ १७ २०८१, बिहीबार

क्यान पदाधिकारीको विदेश सयर, २५ जनाको खेलाडी र अफिसियलको कोटामै अध्यक्ष र कोषाध्यक्ष पुगे अमेरिका

अमेरिका र वेस्ट इन्डिजमा आउँदो आईसीसी ट्वान्टी–२० विश्वकप खेल्न क्रिकेटर सन्दीप लामिछानेले भिसा नपाएको विषय अहिले चर्को चर्चामा छ ।

खेलाडीले भिसा नपाउँदा नेपाल क्रिकेट संघ (क्यान)का केही उच्च पदाधिकारी परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न भन्दै अमेरिका प्रस्थान गरेका छन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष चन्द नेपालबाट विश्वकपमा सहभागी भएको २५ जनाको खेलाडी र अफिसियलको कोटामै
अमेरिका पुगेका हुन् । कुनै पनि देशको क्रिकेटसंघका अध्यक्ष विश्वकपका लागि २५ जना टिमको सहभागि भएको यो संभवता पहिलो पटक हो । २५ जनाको टिमको सम्पूर्ण खर्च आईसीसीले नै बेहोर्ने गर्दछ ।यस्तै, उनीहरूले प्रतियोगिता अवधिको भत्ता समेत पाउँछन् ।

२५ जना टोलीभित्र रहेको सबै बिजनेस क्लास फ्लाइटमा यात्रा गर्न पाउँछन् र बसाइँको खर्च पनि आईसीसीकै कोटामा पर्छ । आईसीसीले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको गरि २५ जनालाई उपलब्ध गराएको कोटामा अध्यक्ष र कोषाध्यक्ष गएका हुन ।

२५ सदस्यीय नेपाली टिमको नेतृत्व क्यानकै केन्द्रीय सदस्य दिवाकर घलेले गरिरहेका छन् । नेपाली टिम झन्डै एक महिनाअघि गए पनि घले भने गत साता मात्रै अमेरिका गएका हु्न् ।

यस्तै, क्यानका केन्द्रीय सदस्य प्रदीप मजगैंया म्यानेजरको भूमिकामा टिमसँगै गइसकेका छन् । क्यान पदाधिकारीबाहेक सचिव पारस खड्काले नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई पनि विश्वकपका लागि अमेरिका जान क्यानबाट निम्तोको पत्रसमेत पठाएका छन् । सचिव पारससँगै अन्य केन्द्रीय सदस्यहरू पनि केही दिनमै अमेरिका जाने तयारीमा छन् ।

खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट पनि केही व्यक्ति त्यसतर्फ जान तयारीमा रहेको बताइएको छ ।

अध्यक्ष नै टिम अफिसियलको रूपमा जानुनै गलत हो । त्यसमा पनि खेलाडी भिसा प्रक्रियामै हुँदा अध्यक्ष लुसुक्क गएपछि क्यानमाथि प्रश्न उठेको छ ।
यता, क्रिकेटर सन्दीप भिसा नपाएर नेपालमै रोकिँदा विश्वकपमा उनको सहभागिता अनिश्चित बनेको छ ।

सन्दीपको भिसाका विषयमा क्यानले प्रक्रिया थालेको भने पनि कुनै उपलब्धि भएको देखिएको छैन । यसैकारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग सकिएको छ । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);