ओलीप्रति काँग्रेसले लगाएको आरोपमा क्षमा नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

ओलीप्रति काँग्रेसले लगाएको आरोपमा क्षमा नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी

bishnu paudel

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष ओलीप्रति काँग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे सुनेर नबस्ने चेतावनी दिनुभएको छ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन निस्कर्षमा पुग्ने भनिएको बैठकपछि एमाले उपाध्यक्ष पौडेलले लिखित र सार्वजनिक माफी माग्नुपर्ने माग गर्नुभएको हो ।

काँग्रेसले एमाले र अध्यक्ष ओलीका बिरुद्धमा टार्गेट गरेर लगाएको अराजनीतिक र पूर्वाग्रही आरोपमा लिखित क्षमा याचना नगरे प्रतिवादमा उत्रिने उहाँले चेतावनी दिनुभयो ।

सरोप लगाउदैं एमाले उपाध्यक्ष पौडेलले प्रतिपक्षी काँग्रेस कुनै सहमति र समस्या समाधानको पक्षमा नरहेको दाबी गनूृभयो ।

असान्दर्भिक, अनुचित, आधारहिन, पूर्वाग्रहपूर्ण आरोपहरु लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली काँग्रेस लागेको उहाँको भनाइ छ ।

काँग्रेसले भने सत्तापक्ष सहकारी लगाएको छ । नेपाली काँग्रेसका सांसद जीवन परियारले प्रचण्ड सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भएपनि सत्तापक्षका अन्य राजनीतिक दलहरु गम्भीर नभएको बताउनु भयो ।

सही ढंगबाट छानबिन हुनुपर्ने काँग्रेसको माग रहेको बताउनु भयो ।

उहाँले सत्ता पक्षले प्रश्तावमा सकारात्मक छाँै भन्ने तर गलत व्याख्या गर्ने गरेको दाबी गर्नुभयो । ०००

Leave a Reply