राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अब संसदीय समिति नबन्ने चेतावनी दिएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने र सबै सहकारीको समस्यालाई हेर्ने गरी आफूहरु संसदीय समिति गठन गर्न तयार हुँदा पनि सहमति हुन नसकेको भन्दै रास्वपा सहप्रवक्ता मनिष झाले अब समिति नबन्ने चेतावनी दिनु भएको हो ।
उहाँले जब कांग्रेस आफ्ना पदाधिकारीहरुको फाइल खोल्न तयार तब मात्र समिति बन्ने नेता झाले स्पष्ट गर्नुभयो ।
यसैबीच नेकपा एमालेले बिहीबार संसदमा कांग्रेस सांसदहरुले आफ्ना संसदीय दलका नेतामाथि अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुको नाराबाजीबीच सभामुखले गृहमन्त्री रवि लामिछानेलाई समय दिएपछि कांग्रेस संसदहरु रोक्न जाँदा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको विवाद र सांसदहरुबीच धकेलाधकेलको घटनालाई लिएर एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सांसदहरु सत्ता पक्षको लहरमा आएर अवरोध गर्नु असंसदीय भएको टिप्पणी गर्नुभयो ।
कांग्रेसले संसदलाई मुठभेडमा लैजान खोजेको भन्दै उहाँले अराजकता मच्चाउने कामको संसदीय दलको तर्फबाट भत्सर्ना गर्दै उहाँले आगामी दिनमा यसप्रकारका असंसदीय व्यवहार प्रदर्शन नगर्न आग्रह गर्नुभयो ।
०००