सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका विश्वकै पहिलो व्यक्तिको निधन | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८१, सोमबार

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका विश्वकै पहिलो व्यक्तिको निधन

आनुवंशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्तिको मृत्यु भएको छ ।

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको करिब २ महिनापछि उनको मृत्यु भएको हो । ६२ वर्षीय रिचार्ड रिक स्लेम्यानले अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।

त्यसबेला डाक्टरहरुले उनको शरीरमा राखिएको सुँगुरको मिर्गौलाले कम्तिमा पनि २ वर्ष काम गर्ने दाबी गरेका थिए ।

अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरहरुको टोलिले एक विज्ञप्ति प्रकाशित गर्दै स्लेम्यानको मृत्युबाट निकै दुःखी बनेको बताएको छ ।

यद्यपि अस्पतालले ती व्यक्तिको मृत्यु सुँगुरको मिर्गौला प्रत्यारोपण गरेकै कारण भएको भन्ने कुनै संकेत भने प्राप्त नभएको जनाएको छ ।

स्लेम्यान सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने विश्वकै पहिलो जिवित व्यक्ति थिए । यसअघि दुई व्यक्तिहरुमा सुँगुरको मुटु पनि प्रत्यारोपण गरिएको थियो । यद्यपि केही महिनापछि दुवै जनाको मृत्यु भयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);