गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने काँग्रेस प्रमुख सचेतक रमेश लेखकको अडान | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने काँग्रेस प्रमुख सचेतक रमेश लेखकको अडान

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान दोहोराउनु भएको छ ।

बुधवार सिंहदरबारस्थित पार्टी संसदीय कार्यालयका कार्यालयमा संसदीय मामिलाका पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले उप्रधानमन्त्री लामिछाने व्यक्ति मात्रै नभएको र उहाँको सहकारी ठगीमा संलग्नता देखिएको भन्दै संसदीय छानविन गर्नुपर्ने पार्टीको अडान कायमै रहेको प्रष्टयाउनुभएको हो ।

प्रमुख सचेतक लेखकले सहकारीको रकम हिनामिनाको विषयमा उपप्रधानमन्त्री लामिछाने र समग्रतामा पनि छानविन गरेर अघि बढ्नुपर्ने उल्लेख गर्नु भएको हो । काँग्रेसले उपप्रधानमन्त्री लामिछानेको मात्रै छानविन नगरेर समग्रतामा छानविन गरी सहकारी वचतकर्ताको रकमको सुरक्षा गर्नुपर्छ भन्ने स्पष्ट अडान लिएको उहाँको भनाई थियो ।

नेपाली काँग्रेसले वैशाख २७ गते (भोलि) दिउँसो २ बजे पार्टी संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संविधान सभा भवनको ल्होत्से हलमा बोलाएको छ ।

प्रमुख सचेतक लेखकले संसदको बजेट अधिवेशनमा पार्टीले खेल्ने भुमिकाका बारेमा सोही बैठकले आधिकारिक धाराणा सार्वजनिक गर्ने बताउनु भयो ।

त्यसै अवसरमा गरी प्रमुख सचेतक लेखकले सरकारले प्रतिपक्षलाई नटेर्ने, हेप्ने गरेको गुनासो पनि गर्नुभयो ।
०००

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);