भारतमा लोकसभा चुनाव अन्तर्गत आज तेस्रो चरणको मतदान,१२ राज्य र केन्द्रशासित प्रदेशका ९३ सिटका लागि प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

भारतमा लोकसभा चुनाव अन्तर्गत आज तेस्रो चरणको मतदान,१२ राज्य र केन्द्रशासित प्रदेशका ९३ सिटका लागि प्रतिस्पर्धा

भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान भइरहेको छ ।

भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशका ९३ सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो । तेस्रो चरणमा आसामका ४, बिहारका ५, छत्तीसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, महाराष्ट्रका ११, मध्यप्रदेशका ८, उत्तर प्रदेशका १०, पश्चिम बंगाल राज्यका ४ र केन्द्रशासित नगर हवेली एवं दामनका २ स्थानमा मतदान चुनाव भइरहेको हो ।

यस चरणमा १२० जना महिलासहित एक हजार ३०० उम्मेदवार चुनावी मैदानमा छन्। आजको मतदानमा १७ करोड मतदाता छन्। यसका लागि लागि १ लाख ८५ हजार मतदान स्थल रहेको आयोगले जनाएको छ । आजका लागि तय भएको जम्मु–काश्मिरको अनन्तनाग–रजौरीको निर्वाचन स्थगन गरिएको र आगामी मे २५ का लागि तय भएको निर्वाचन आयोगले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको अहमदाबादस्थित निशान माध्यमिक विद्यालयको मतदान स्थलमा आज मतदान गर्नुभएको छ । यसअघि प्रधानमन्त्री मोदीले आमजनतालाई तेस्रो चरणको मतदानमा सक्रिय र व्यापक रूपमा सहभागी हुन आह्वान गरेका छन् ।

तेस्रो चरणको मतदानले केन्द्रीय गृहमन्त्री अमित शाह, मध्यप्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान र दिग्बिजय सिंह, मन्त्रीहरू ज्योतिरादित्य सिन्दिया,
मनसुख मान्डविय, समाजवादी पार्टीकी नेतृ डिम्पल यादव, भारतीय कम्युनिस्ट पार्टीका नेता सुप्रिया सुलेलगायत नेता
प्रतिस्पर्धामा छन् ।

आज भइरहेका ९३ स्थानमध्ये सन् २०१९ को चुनावमा भारतीय जनता पार्टीले ७२ स्थानमा जित हासिल गरेको थियो । आजको तेस्रो चरणको निर्वाचनपछि भारतीय लोकसभाको कूल सिट ५४० मध्ये आधामा मतदान सम्पन्न हुनेछ । यसअघि पहिलो र दोस्रो चरणको मतदान भइसकेका छन् ।

भारतको लोकसभाको निर्वाचन अन्तर्गत सातचरणको मतदान गत अप्रिल १९ तारिखमा सुरु भएको हो । आगामी जुन १ तारिखमा सम्पन्न हुँदै छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);