राष्ट्रिय व्यवसायीक पहलले विपद् जोखीम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

राष्ट्रिय व्यवसायीक पहलले विपद् जोखीम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम गर्ने

राष्ट्रिय व्यवसायीक पहलले विपद् जोखीम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम गर्ने भएको छ ।

राष्ट्रिय व्यवसायी पहलले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ २३ गते काठमाडौंमा निजी क्षेत्रको योगदानको सम्मानका लागि विपद् जोखीम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम गर्न लागेको जनाएको हो ।

व्यवसायिक क्षेत्रलाई विपद्को पूर्वतयारी,दिगो रुपमा व्यवसाय सञ्चालन गर्न तथा जोखिम न्युनिकरणमा प्रोत्साहन गर्ने उद्देश्य कार्यक्रमको रहेको व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिनुभयो । उहाँले समुदायलाई उत्पादनशिल बनाउन निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको पनि बताउनु भयो ।

उहाँले यस्तो कार्यक्रमले निजी क्षेत्रको पहल र प्रयासलाई सम्मान गरी निजी क्षेत्रको हौसला अभिवृद्धि गर्ने अपेक्षा गर्नुभयो ।अध्यक्ष जोशीले उहाँले हरेक कुरा सरकारले गरेन भन्दा पनि निजी क्षेत्र कति तयार छ भन्ने विषयमा जान्न जरुरी रहेको
धारणा राख्नु भयो । उहाँले विपद्को समयमा निजी क्षेत्रले आपूर्ति दिनसक्ने, जिम्मेवारी पूरा गर्न सक्नुपर्ने बताउनु भयो ।०००

Leave a Reply