प्यालेस्टीनि लडाकू समूह हमास गाजामा युद्धविराम प्रस्तावप्रति सकारात्मक रहेको इजिप्टको दाबी | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

प्यालेस्टीनि लडाकू समूह हमास गाजामा युद्धविराम प्रस्तावप्रति सकारात्मक रहेको इजिप्टको दाबी

प्यालेस्टीनि लडाकू समूह हमासले गाजामा युद्धविराम प्रस्तावप्रति सकारात्मक रहेको बताएको छ ।

हमास प्रमुख इस्माइल हानियेहले गाजामा युद्धविराम प्रस्तावप्रति सकारात्मक रहेको बताएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाउका छन् । हमासको आधिकारिक वेबसाइटका अनुसार इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेललाई गरेको फोनमा हानियेहले युद्धविराम प्रस्तावलाई ‘सकारात्मक भावना’ का साथ अध्ययन गरिरहेको बताउनु भएको हो ।

हानियेहले कतार र अमेरिकासँगै वार्तामा मध्यस्थता गरिरहेको इजिप्टले खेलेको भूमिकाको प्रशंसा गर्दै गरेको बताइएको छ । बेलायतका अनुसार मध्यस्थकर्ताहरूले राखेको युद्धविरामको प्रस्तावले ४० दिनका लागि युद्ध रोक्ने र ठूलो सङ्ख्यामा प्यालेस्टिनी कैदीहरूको आदानप्रदान गर्नेछ ।

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले इजराइलको भ्रमण गर्दै हमासलाई युद्धविराम योजना स्वीकार गर्न आग्रह गर्नु भएको थियो । यदि हमास वास्तवमा प्यालेस्टिनी जनताको ख्याल गर्छ र उनीहरूको पीडामा तत्काल कमी हेर्न चाहन्छ भने उसले यो सम्झौता गर्नुपर्ने ब्लिंकेनको भनाइ थियो । यद्यपि रिहा गर्न सकिने बन्धकहरूको सङ्ख्यालाई लिएर र कुनै पनि सम्झौताको उद्देश्यमा गहिरो मतभेद देखिएकाले वार्ताको परिणाम अनिश्चित छ ।

हमासको लक्ष्य यद्ध समाप्त गर्नु रहेको भन्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु पनि शसंकित हुनुहुन्छ । नेतन्याहु इजरायली सेनाले हमाससँग लडिरहने वाचा गर्नु भएको छ । हालैका दिनमा हमासका अन्य अधिकारीहरूको टिप्पणीबाट युद्धविराम प्रस्तावमा हमास आन्दोलनको अवस्था अहिले ‘नकारात्मक’ रहेको देखाएको छ ।

तर हानियेहले आन्दोलनको प्रतिनिधिमण्डल जारी छलफल पूरा गर्न सकेसम्म चाँडो इजिप्ट फर्किने प्रतिक्रिया दिनु भएको छ । ००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);