प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नव प्रवद्र्धन कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
बिहीवार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नव प्रवद्र्धन कोष स्थापना गर्ने घोषणा गर्नुभएको हो ।
उहाँले कोषका निम्ति निम्ति आवश्यक कानून तर्जुमा गर्ने गृहकार्य अगाडि बढाइसकेको जिकिर गर्नुभयो । उहाँले नेपालको इतिहासमा पहिलो पटक नवप्रवद्र्धनको निम्ति भनेर पुँजीगत बजेटको १ प्रतिशत छुट्याउने स्पष्ट गर्नुभयो । प्रचण्डले सञ्चार तथा सूचना प्रविधिको विकास, बिस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रुपान्तरण हुनेुमा दृढ विश्वास रहेको उल्लेख गर्नु भयो ।
बढ्दै गइरहेको साइबर सुरक्षाको बढ्दो चुनौति पाखा लगाउन राष्ट्रिय साइबर सुरक्षा नीति कार्यान्वयनको अवस्थामा रहेको प्रचण्डले बताउनु भयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको बताउनुभयो । उहाँले अबको युग सूचना र प्रविधिको भएकाले यस क्षेत्रमा व्यवस्थित लगानी गर्न विदेशी,सरकारी र निजी क्षेत्रलाई पनि प्रोत्साहन हुने नियम कानून आवश्यक रहेको औंल्याउनु भयो । उहाँले सूचना,प्रविधिको व्यवस्थित विकास गर्दै लगानी आकर्षित गर्नसके देश समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनु भयो । कारोबारहरुलाई अनलाइनमाध्यमबाट गर्नसके अनुशासित र पारदर्शी हुने तथा भन्दै अध्यक्ष ढकालले नेपालमा आइटी पनि मुख्य लगानीको क्षेत्र बनेको बताउनु भयो ।
अध्यक्ष ढकालले डिजिटल हस्ताक्षरलाई कार्यान्वनममा ल्याउन आवश्यक रहेको बताउनु भयो । ०००




