इरानमा आतंकवादी हमलामा पाँच प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

इरानमा आतंकवादी हमलामा पाँच प्रहरीको मृत्यु

एजेन्सी,२८ चैत्र । मङ्गलबार इरानमा आतंकवादीले प्रहरीका दुईवटा कारमा आक्रमण गरेका थिए । आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

घटनाको जैश–अल–अदल समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।

हालै उक्त समूहले सिस्तान–बलुचिस्तानमा आक्रमण गरेको थियो । यस हमलामा ११ सुरक्षाकर्मी मारिएका थिए ।

इरानको अर्ध–आधिकारिक तस्निम समाचार एजेन्सीले प्रहरी अधिकारीको हत्यामा संदिग्ध व्यक्तिलाई लिएर प्रहरी अधिकारीहरू फर्किरहेको बताएको छ ।

जैल–अल–असदले शिया बहुल इरानमा बलुच जातीय अल्पसंख्यकहरूको लागि थप अधिकार र राम्रो जीवनको माग गर्दछ।

हालका वर्षहरूमा यस समूहले सिस्तान–बलुचेस्तानमा इरानी सुरक्षा बलहरूमा धेरै आक्रमणहरूको जिम्मेवारी लिएको छ ।

अफगानिस्तान र पाकिस्तानको सिमाना जोडिएको यस क्षेत्रमा इरानी सुरक्षा बल र सुन्नी आतंकवादी र लागूऔषध तस्करहरूबीच दैनिक झडपहरू भइरहेका छन् । इरान अफगानिस्तानबाट पश्चिम र अन्य ठाउँहरूमा लागुऔषधको प्रमुख मार्ग हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);