राप्रपाले पनि माग्यो गृहमन्त्रीको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

राप्रपाले पनि माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं,२८ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्नुभएको छ । मंगलवार काठमाडौंका विभिन्न ठाउँमा व्यवस्था फेर्न दबाबसहितको जनप्रदर्शन गरेको राप्रपाले प्रदर्शनका क्रममा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै अध्यक्ष लिङदेनले गृहमन्त्रीको राजीनामा आफ्ना मागहरुमा थपिएको बताउनुभएको हो । उहाँले गृहमन्त्रीले राप्रपाका कार्यकर्ताहरुलाई छानिछानि आक्रमण गर्न लगाएको आरोप लगाउनु भयो ।

उहाँले निषेधित क्षेत्र भन्दा बाहिर प्रदर्शन गर्दा पनि पार्टीका नेता बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको बताउनु भयो । उहाँले आफूहरुले अब सरकार र गृहमन्त्रीको राजीनामालाई पनि आफ्नो मागहरुमा समावेश गरेको बताउनु भयो । उहाँले राप्रपाले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने र निषेधित क्षेत्र संविधान विपरित रहेको भन्दै तोड्ने योजना बनाइ प्रदर्शन गर्दा प्रहरीले दमन गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्रीले लक्षित गरेर निषेधित क्षेत्र भन्दा बाहिर रहनुभएका हाम्रा माननीय बुद्धिमान तामाङलाई आक्रमण गरी घाइते भएको कुरा छ । अब यो सरकारको बिरुद्ध यो गृहमन्त्रीको राजीनामाको माग लिएर फेरि आन्दोलन शुरु हुन्छ, दमनको बिरुद्ध अझ बलियो भएर लाग्छ । निषेधित क्षेत्र मात्रै तोड्ने भनेका हौँ, कुनै तोडफोड गर्ने भनेका थिएनौँ । यो निषेधित क्षेत्र संविधानअनुसार छैन । संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार दिएको छ । ४० बुँदे माग त छँदैछ, यो बर्बर दमन गर्ने र लखेटिलखेटि र छानीछानि आक्रमण गर्ने गृहमन्त्रीको राजीनामा थपिएको छ ।’

उहाँले सरकारले तोकेको निषेधित क्षेत्रहरु संविधान बमोजिम नरहेको र संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार दिएको बताउनु भयो । ४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको हो । सिंहदरबारअगाडिबाट माईतीघरतर्फ जानेक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);