संसद बैठक अझै किन बस्न सकेन ! | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

संसद बैठक अझै किन बस्न सकेन !

काठमाडौं,२७ चैत्र । बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझैसम्म बस्न सकेको छैन् । आजको बैठक सञ्चालनका विषयमा नेताहरुबीच छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड,नेपाली कांग्रेसका नेताहरु गगन थापा, कृष्ण सिटौला,गृहमन्त्री रवि लामिछाने एमालेका अध्यक्ष केपी शर्मा ओली,माधव कुमार नेपाल र सभामुखको उपस्थिति रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गरिरहेको छ । सत्तारुढ दलहरु भने समिति गठन गर्न तयार छैनन् । तर कांग्रेसले भने समिति नबन्दासम्म सदन चल्न नदिने अडान लिएको छ । दलहरुबीच सहमति नभएकै कारण संसद बैठक बस्न सकेको छैन् ।

बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको हो । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयको अनुसार आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);