बाबु बोगटीको ‘फेरि त्यो दिन’ को भिडियो सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाबु बोगटीको ‘फेरि त्यो दिन’ को भिडियो सार्वजनिक

काठमाडौं,२५ चैत्र । गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा जेम्स प्रधानको शब्दरसंगीत रहेको छ भने एरेन्ज सञ्जीव बराइली तथा साजन शाहको मिक्सिङ र मास्टरिङ रहेको छ ।

भिडियोमा अलिजा गौतम, ललना चिमरिया र युवराज खतिवडा फिचर्ड छन् । भिडियोमा अलिजा गौतम र युवराज खतिवडालाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरु एकअर्काप्रति निकै खुलेका छन् ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा दिपु पौडेलको मेकअप, उत्तम हुमागाईंको छायांकन, माधव बेलबासेको कलर र सम्पादन रहेको छ । भिडियो बाबु बोगटी अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);