काठमाडौं,२३ चैत्र । बक्स अफिसमा ‘क्रू’को गति बढ्दै गएको छ । फिल्मले रिलिजको पहिलो हप्तामै रकेटको गति लिएको छ । ‘क्रू’ विश्वव्यापी बक्स अफिसमा १०० करोड क्लबमा प्रवेश गर्न आतुर छ । पाँचौं दिनमा फिल्मले यो कोसेढुङ्गा नजिक पुगेको छ ।
करिना कपुर, कृति सेनन र तब्बु स्टारर फिल्म ‘क्रू’ ले दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राखेको छैन् । ट्रेलर रिलिजसँगै फिल्मले बजारमा आफ्नो पकड बढाएको छ । योसँगै फिल्मले सिनेमाघरमा आउनेबित्तिकै उत्कृष्ट ओपनिङ गरेको थियो र पहिलो दिनमै विश्वभर २० करोड कमाएको थियो, जुन अहिले तिब्र गतिमा बढिरहेको छ ।
‘क्रू’को व्यवसायमा निरन्तर वृद्धि भएको थियो । फिल्मको कलेक्सनले रिलिजको दोस्रो दिन ४१.१३ करोड कमाएको छ । त्यसैगरी तेस्रो दिन ‘क्रू’को कलेक्सन ६२.५३ करोड र चौथो दिन ७७.३३ करोड रुपैयाँ थियो । अब फिल्मको पछिल्लो व्यापार रिपोर्ट हेर्दा कमाई राम्रो छ ।
फिल्मको छैटौं दिनको ब्यापारको जानकारी ‘क्रि’का निर्माताले दिएका छन् । रिपोर्टका अनुसार फिल्मले बुधबार विश्वव्यापी रूपमा ८२.५८ करोडको कलेक्सन गरेको छ । यदि ’क्रू’ले यसै गतिमा प्रगति गरिरह्यो भने, यसले सप्ताहन्तमा सजिलैसँग १०० करोडको आँकडा पार गर्नेछ।
एयरलाइन्स उद्योगको कथामा आधारित ‘क्रू’लाई राजेश कृष्णनले निर्देशन गरेका हुन् । तर, रिया कपुर र एकता कपुरले यसलाई निर्माण गरेका हुन् । फिल्ममा कपिल शर्मा र दिलजीत दोसांझसँगै करिना कपुर, कृति सेनन र तब्बुको पनि अभिनय रहेको छ । फिल्ममा कमेडी किंग कपिल शर्माले क्यामियो गरेका छन् ।