प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती आजै देखि काट्ने | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती आजै देखि काट्ने

काठमाडौं,२३ चैत्र । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने भएको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको हो । प्राधिकरणले गत चैत १६ गते सार्वजनिक सूचना मार्फत् सबै स्थानीय तहलाई सडक बत्ती प्रयोग गरेवापतको बक्यौता महशुल भुक्तानी गर्न दिएको समय सकिएपछि आजबाट लाइन काट्न सुरु भएको जनाएको छ ।

केही स्थानीय तह नियमानुसार ग्राहक बनेर सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानी गर्ने प्रतिबद्धता भएको र केहीबाट भुक्तानीसमेत प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

कतिपय स्थानीय तहबाट सूचना बेवास्ता गरिएकोले त्यस्ता स्थानीय तहमा रहेका सडक बत्तीको विद्युत् लाइन जुनसुकै बखत काटिने प्राधिकरणको चेतावनी छ । यसबाट सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);