कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले लिए विश्वासको मत | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले लिए विश्वासको मत

काठमाडौं,२० चैत्र । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलले सरकार जोगाउनका लागि चाहिने न्युनतम ठ्याक्कै ५६ सांसदको समर्थन पाउनु भएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले माओवादीबाहेक, एमाले, नेकपा एस र हाम्रो नेपाल पार्टीको मत प्राप्त गर्नु भएको हो । विपक्षमा ३७ जनाले मत व्यक्त गर्दा १५ जनाले तटस्थमा मतदान गरे । मुख्यमन्त्री जम्कट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा (एस)का ७ जना र हाम्रो नेपाली पार्टी (हानेपा)का १ सांसदले मतदान गरेका हुन् । विपक्षमा कांग्रेसले मात्र मत जाहेर गरेको हो । राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले तटस्थमा मतदान गरे । मतदान प्रक्रियामा हानेपाका १ सांसद अनुपस्थित भइन् । पुरानो सत्ता साझेदार कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनु भएको हो ।

११० सदस्यीय वाग्मती प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ  । सरकार टिकाउन हानेपाको समर्थन आवश्यक परेको हो । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् । वाग्मतीमा मुख्यमन्त्री जम्कट्टेलले बहुमत जुटाउन हाम्रो नेपाल पार्टीका शैलेन्द्र बज्राचार्यलाई मन्त्री बनाउनु भएको छ । त्यस्तै दोस्रो चरणमा एकीकृत समाजवादी पार्टीलाई समेत मुख्यमन्त्री दिने सहमति भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);