बुढानिलकण्ठबाट ४ जना जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

बुढानिलकण्ठबाट ४ जना जुवाडे पक्राउ

काठमाडौं,१९ चैत्र । जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।

बुढानिलकण्ठ नगरपालिका–१० कपन रुद्रमतीचोक डेरा गरी बस्ने सोलुखुम्बु दुधकुण्ड गाउँपालिका–२ घर भएका ४३ वर्षीय रिन्जीङ भन्ने कान्छा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पा समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);