प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो, आज बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो, आज बैठक बस्दै

काठमाडौं,१९ चैत्र । पद रिक्त भएको करिब एक वर्षपछि संवैधानिक परिषद्ले महालेखा परीक्षकमा तोयम राया सिफारिस गरेको छ । आइतबार बालुवाटारमा बसेको संंबैधानिक परिषद्को बैठकले रायालाई सिफारिस गरेको हो ।

राया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बहालवाला प्रमुख तथ्याङ्क अधिकारी हुन्हुन्छ । गत जेठ ८ गते टङ्कमणि शर्मा सेवा निवृत्त भएपछि महालेखा परीक्षकको पद रिक्त छ । प्रधानमन्त्री तथा परिषद् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले अन्य चार संवैधानिक आयोगको नियुक्तिबारे भने निर्णय लिन सकेन ।

राजनीतिक भागबन्डा नमिलेकाले निर्वाचन आयोग, महिला आयोग, मुस्लिम आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगमा एक–एक सदस्यको टुंगो नलागेको हो । बैठकमा प्रतिपक्ष दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना र प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श संबैधानिक परिषदको बैठक बोलाउनु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);