कपनबाट गुण्डागर्दी गर्ने युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

कपनबाट गुण्डागर्दी गर्ने युवक पक्राउ

काठमाडौं,१६ चैत्र । काठमाडौंको कपनबाट गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतलस गर्ने क्रममा शंकास्पद गतिविधिहरु गरेको आरोपमा ताप्लेजुङ फुङलिङ–९ घर भई हाल काठमाडौंको सरस्वतीनगर बस्दै आएका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

निजको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल एक थान,धारिलो चक्कु २ थान, फलामको हम्बर एक थान र मोबाईल २ थान सहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार