सुरक्षा परिषद्द्धारा गाजामा युद्धविराम तत्काल कार्यान्वयनको प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

सुरक्षा परिषद्द्धारा गाजामा युद्धविराम तत्काल कार्यान्वयनको प्रस्ताव पारित

काठमाडौं,१३ चैत्र । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले गाजामा युद्धविराम तत्काल कार्यान्वयनको प्रस्ताव पारित गरेपछि इजरायलले आफ्ना प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले सुरक्षा परिषद्‍मा अमेरिकाको अडानमा परिवर्तन आएपछि बेन्जामिन नेतान्याहुले

आफ्ना प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गर्ने निर्णय गरेको जनाएको छ । यो प्रस्तावको मतदानमा अमेरिकाले भिटो प्रयोग नगरेको भन्दै इजरायल क्रुद्ध भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै सुरक्षा परिषद्‍मा ल्याइएको प्रस्ताव स्वीकृत भएको हो । अमेरिकाले यस प्रस्तावमा भएको मतदानमा भाग लिएन । व्हाइट हाउसले मतदान प्रक्रियामा सहभागी नहुनु अमेरिकाको नीतिमा परिवर्तन नभएको स्पष्ट गरेको छ ।

ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले पनि अमेरिकाले आफ्नो निर्णयबारे इजरायलसँग कुरा गर्ने बताउनु भएको छ । चीनले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै सुरक्षा परिषद्मा प्रस्ताव पेश गरेको जानकारी दिएको थियो । यसअघि अमेरिकाले ल्याएको प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेका थिए । गत अक्टोबर ७ मा इजरायलमा हमासको हमलापछि गाजामा इजरायली आक्रमणमा ३२ हजार २२६ जनाको मृत्यु भइसकेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);