मोहनविक्रम सिंह पतन भएः ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

मोहनविक्रम सिंह पतन भएः ओली

काठमाडौं,८ चैत्र । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह पतन भएको टिप्पणी गर्नुभएको छ । काँग्रेस सरकारबाट हटेपछि श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभाको सांसद बनाउन नसकिने भएपछि पुराना कम्युनिष्ट नेता सिंह अहिले छाती पिटेर रोईरहेको ओलीको भनाई थियो ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले श्रीमती पौडेलले पद नपाउने देखेपछि रोइ कराई गर्न लागेका सिंह के का लागि जीवनभर कम्युनिष्ट भएका रहेछन् भन्ने कुरा पनि पर्दाफास भएको दाबी गर्नुभयो । उहाँले सिंह निराश र हतोत्साही भएपछि के टिप्न पाईन्छ भनेर काँग्रेसको पछि लागेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुख्य कुरा हाम्रो काम । सक्रियता र सफलता । सफल बनायौं भने सबै चिज आउँछ । सफल बनाउन सकेनौ भने र, असफल हुँदै गयो भने मान्छे फ्रष्टेडेड हुन्छ । एक जना आफूलाई कम्युनिष्ट भन्ने पुराना नेता छन् । तपाईहरुले पनि चिन्नुहुन्छ होला । मोहन विक्रम सिंह नाम हो उहाँको । अहिले काँग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटिपिटी रोएर उधुम छ बुढाको । काँग्रेस बाहिर रह्यो सरकारबाट । काँग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रिय सभामा मनोनित गरेर पठाउथ्योहोला सम्झिन्छन् । फेरी ग्वाग्वा रुन्छन् । छाती पिट्छन् । त्यसरी पतन हुँदो रहेछ मान्छे । कम्युनिष्ट भनेर जिन्दगी भर ढाँटयोढाँटयो । बुढेसकालमा गएर के का लागि मरिमेटेको रहेछ भन्ने कुरा पर्दाफास भयो । यस्तो हुँदो रहेछ निराश भएपछि, हतोत्साही भएपछि । अब केही पनि भविष्य छैन भनेपछि मान्छे कहाँबाट के टिप्न पाईन्छ, त्यत्ति भएपनि टिपौं भन्नेमा पुग्छ । नेकपा एमाले त्यस्तो यताबाट यत्ति टिपौं भन्ने अवसरवादी होइन ।’

अध्यक्ष ओलीले सिंहको उदाहरण दिँदै पार्टी काममा सफलता हासिल नगरे निराश हुनेतर्फ पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

Leave a Reply