गाजामा मानवीय पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्र प्रमुखको आह्वान | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

गाजामा मानवीय पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्र प्रमुखको आह्वान

एजेन्सी,६ चैत्र । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सामानहरूको लागि पूर्ण र निर्वाध पहुँच सुनिश्चित गर्न आह्वान गर्नुभएको छ । गाजाका लागि तिब्र खाद्य असुरक्षा विश्लेषणले गाजाको उत्तरी भागमा भोकमरी आएको चेतावनी दिएपछि गुटेर्रेसले उक्त निवेदन गर्नुभएको हो ।

डिसेम्बर २०२३ मा गरिएको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण विश्लेषणले शत्रुताको तत्काल अन्त्य र जनसंख्याको लागि आवश्यक आपूर्ति र सेवाहरूको प्रावधानको लागि दिगो पहुँच नभए मे २०२४ को अन्त्यमा अनिकाल आउन सक्ने चेतावनी दिएको छ ।

अनिकाल रोक्नको लागि आवश्यक शर्तहरू पूरा नगरेको र पछिल्लो प्रमाणहरूका अनुसार उत्तरी गभर्नरेटहरूमा भोकमरी नजिकै रहेको र मध्य मार्च र मे २०२४ को बीचमा कुनैपनि समयमा भोकमरी हुनसक्ने अनुमान गरिएको छ ।

 

उहाँले तत्काल युद्धविरामको आवश्यकता रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);