अब बहुउद्देश्यीय सहकारीको काम नभएकै हो त ? | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

अब बहुउद्देश्यीय सहकारीको काम नभएकै हो त ?

arthamantri yubaraj khatiwada

काठमाडौं,२ चैत्र । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले बहुउदेश्य सहकारीहरुको काम नभएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने उहाँको भनाई छ ।

उहाँले बहुउदेश्य सहकारीको नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीहरुको अब काम नभएको दाबी गर्नुभयो । उहाँले अब बहुउद्देश्य सहकारीलाई क्षेत्रगत र उद्देश्य केन्द्रित बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले सहकारीले अब उत्पादन, वितरण र उपभोक्ताको क्षेत्रमा काम गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय बहुउद्देश्य सहकारीका नामम नेटवर्किङ गरेर सहकारीलाई एक किसिमको व्यवसाय मात्रै बनाएर सहकारीको अथित्व २०२५ मा नै सकिने बताउनु भयो । उहाँले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीहरु पनि डिजिटल प्रविधिमा जानुको विकल्प नभएको बताउनु भयो । उहाँले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबारको पनि कम हुँदै गएको भन्दै सहकारीहरुले पनि तयारी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सहकारीलाई उत्पादन,वितरण,उपभोक्तासँग जोडिएका सहकारी बाहेक शाखा खोल्ने,सेवा केन्द्र खोल्ने,नेटवर्किङ चलाउने कामलाई सहकारी ऐन संशोधन गरेर सदस्य वेस,क्षेत्रगत लक्ष्य र उदेश्य सहकारी संस्था अगाडि बढाउन जरुरी रहेको बताउनु भयो । सहकारीको कारोबार डिजिटल हुनसक्यो भने पारदर्शिता कायम भई क्रमशः समस्या समाधान हुने खतिवडाले बताउनु भयो । उहाँले सहकारी वित्तीय कारोबार मात्रै नभई सामाजिक पुँजी निर्माण र सहकार्य भएको बताउनु भयो । उहाँले सहकारी क्षेत्रले सदस्यलाई सूचना प्रविधिमा पनि अगाडि बढाउनुपर्ने बतउनु भयो । उहाँले अब स्मार्ट सहकारीतर्फ अगाडि बढ्दै कारोबार पनि स्मार्ट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी २०३० सम्म सबै सहकारी प्रविधि मैत्री हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ वित्तीय कारोबार डिजिटल रुपमा हुँदै जाँदा जोखिम पनि हुँदै जान्छ । साइवर सुरक्षाको लागि पनि सहकारीहरु तयारी हुनुपर्छ । सहकारी प्रविधिमैत्री हुँदै जाँदा कसरी सदस्यहरुलाई सुरक्षित राख्न सकिन्छ भनेर जान्नुपर्छ । यस्ता कुरा गर्न सके सहकारीहरु २०३० सम्म सहकारीहरु देखिन्छन् । नभएर २०३० सम्म सहकारी भएको ठाउँमा विजनेस कम्पप्लेस छ भन्ने हुन्छ । २०३० सम्म सहकारीहरु प्रविधिमैत्री हुन्छन् । आफ्नो संस्था र कारोबारको बारेमा स्मार्ट फोनबाट हेर्नु सक्नुहुने छ । आफू सदस्य भएको सहकारीको एप्स मोबाइलमा हुन्छ । एप्स मार्फत सुचना पाइराख्नु हुने छ । शंका लागेमा कारोबार गर्नको लागि सदस्यहरुबीचमा समन्वय भएको हुन्छ । हल्ला भन्दा पनि सदस्यहरुबीचको सल्लाहले सहकारी ठिक छ वा छैन भन्ने मूल्याङकन गर्नु सक्नुहुने छ । डिजिटल प्रविधिले बचत फिर्ता गर्न सहकारीमा लाइन लाग्ने अवस्थाको अन्त्य पनि गर्छ । २०३० सम्म सहकारीहरु डिजिटल र पारदर्शी हुने छन् । सहकारीलाई उत्पादन,वितरण,उपभोक्तासँग जोडिएका सहकारी बाहेक शाखा खोल्ने,सेवा केन्द्र खोल्ने,नेटवर्किङ चलाउने कामलाई सहकारी ऐन संशोधन गरेर सदस्य वेस,क्षेत्रगत लक्ष्य र उद्देश्य सहकारी संस्था अगाडि बढाउनुपर्छ । बहुउद्देश्य सहकारी भनेको पनि काम छैन । एकल उद्देश्य लिएर बहुउदेश्य सहकारीको नाम लिएर हिँडेर जनतालाई झुक्याउनुको काम छैन । बहुउद्देश्य सहकारीहरुलाई मौका दिनुपर्छ । उहाँहरुलाई बचत ऋण,कृषि,उद्योग र अन्य सेवा क्षेत्रमा जानुहुन्छ भने ठिक छ । अहिलको जसरी काम नगरौं । केही सहकारीका साथीहरुले नेटवर्किङ गरेर जुन सहकारीलाई एक किसिमको व्यवसाय बनाउनुभएको छ । त्यस्तो भए २०२५मा नै बन्द हुनेछन् ।’

पूर्वअर्थमन्त्री खतिवडाले सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीको गतिविधिको जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सदस्यको हितमा काम नगर्ने सहकारीको भविष्य नरहेको भन्दै नाफामुखी, सदस्य र समुदाय केन्द्रित नरहेका सहकारी २०३०सम्म नरहने दाबी पनि गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);