सत्ता गठबन्धन परिवर्तन गर्ने मुख्य पात्र प्रचण्ड र साथ दिने म पनि होः केपी ओली | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

सत्ता गठबन्धन परिवर्तन गर्ने मुख्य पात्र प्रचण्ड र साथ दिने म पनि होः केपी ओली

काठमाडौं,३० फागुन । नेकपा (एमाले) का एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सत्ता समिकरण निर्माणमा वाह्य शक्तिको हात नरहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले नयाँ सत्ता समिकरण निर्माण गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले गरेको बताउनुभएको हो ।

नयाँ सत्ता समिकरण निर्माणको काम मुख्य पात्र प्रधानमन्त्री प्रचण्ड भएको र साथ दिने आफू पनि रहेको अध्यक्ष ओलीको दाबी थियो । उहाँले नयाँ सत्ता समिकरण निर्माणको जस छिमेकी मित्रहरुलाई दिने काम नगर्न पनि काँग्रेसलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘राम्रो काम जति सबै आफूले गरेको भन्छ नेपाली काँग्रेस । राम्रो जति सबै आफैले गरेको । अरुलाई एक छेउ जस दिन्छ ? यस पल्ट पनि नेपाली काँग्रेस मात्रै होइन, अरुअरु यसो छरछिमेकका मित्रहरु पनि यतिको काम त हामीले गरेको भनेर जस दिए हुन्छ नि । सरकार परिवर्तन, यताउता । यी साना कामहरु । हाम्रो देश भित्रका कामहरु त हामीले गरेको भने हुन्छ । को आयो, कुन देश आयो, कसले ग¥यो ? कहाँ अर्कालाई जस दिएको ? हामीले गरेको । प्रचण्डजी मुख्य हो यो परिवर्तन गर्ने । साथ दिने म पनि हो । दुई भाईलाई जस पनि हुन्छ नि अलिकति ।’

अध्यक्ष ओलीले राम्रो कामको जस काँग्रेस एक्लैले लिने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);