प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन

काठमाडौं,२८ फागुन । नेपाली कांग्रेसले आफ्ना सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत नदिन निर्देशन दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले आगामी फागुन ३० गते संसदमा विश्वासको मत लिन लागेका छन् । सो दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले आज ह्पि जारी गरेको हो ।

प्रमुख सचेतक रमेश लेखकले आज एक विज्ञप्ती जारी गर्दै विपक्षमा उभिन निर्देशन जारी गरेका हुन् । कांग्रेससहितको गठबन्धन भत्काएर प्रचण्डले गत फागुन २१ गते नेकपा एमाले,रास्वपासहितको नयाँ गठबन्धन गरेका थिए ।
नयाँ सत्ता समिकरणमा एमाले,माओवादी,रास्वपा,जसपा र नेकपा एससहितको नयाँ गठबन्धन भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);