बाघको छालासहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

बाघको छालासहित पक्राउ

दार्चुला,२८ फागुन । दार्चुलामा बाघको छालासहित १ जना पक्राउ परेका छन।

आइतबार साझ नौगाड गाउपालिका–४ सिप्टी का ३६ वर्षीय शेरसिंह धामी मार्मा गाउँपालिका–२ लटिनाथबाट बाघको छाला सहित पक्राउ परेका हुन।

इलाका प्रहरी कार्यालय लटिनाथ बाट खटिएको गस्ती टोलीले शंका लागेर धामीलाई चेक जाँच गर्दा उनको झोलामा दुई ओटा बाघको छाला भेटिएको हो।

पक्राउ परेका धामीलाई इलाका प्रहरी कार्यालय लटिनाथमा रखिएको र जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);