आफू निर्वाचित भए सभाको गरिमा बढाउने राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार शर्माको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

आफू निर्वाचित भए सभाको गरिमा बढाउने राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार शर्माको प्रतिवद्धता

काठमाडौं,२८ फागुन । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उम्मेदवार शर्माले आफू निर्वाचित भएमा सभाको गरिमा बढाउने काम गर्ने बताउनुभएको हो ।

उहाँले आफूले सभाको गरिमा घटाउने काम नगर्ने बताउनु भयो । उहाँले आफ्नो लामो राजनीतिक यात्रा रहेको र शिक्षामा पनि आफू अरुभन्दा कमजोर नभएको भन्दै संसदीय नियममा रहेर काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘लोकतन्त्रमा जित, हार बेग्लै कुरा हो । तर लोकतन्त्रमा कसैको हारपनि हुन्न । कसैको जित पनि हुन्न । सबै हार्छन् । सबै जित्छन् । लोकतन्त्रको सुन्दर पक्ष हो चुनाव । को हार्छन् को जित्छन् महत्वपूर्ण होइन । मेरो धेरै लामो राजनीतिक यात्रा छ । शिक्षाको हकमा पनि म अरुभन्दा कमजोर छैन । मलाई लाग्छ कि म भइदिएको खण्डमा मैले यसको गरिमा बढाउने नै काम गर्ने थिएँ । घटाउने काम गर्ने थिइन । संसदीय नियममा रहेरै काम गर्ने थिएँ । संसद नियमावली अनुसार नै अगाडी बढाउने थिएँ सभालाई ।’

उम्मेदवार शर्माले कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको प्रश्ताव र काँग्रेस सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहको समर्थनमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);