मेष राशिले आज बोलीमा नियन्त्रण राख्नुहोला ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मेष राशिले आज बोलीमा नियन्त्रण राख्नुहोला !

काठमाडौं,२७ फागुन । आज मार्च १०, २०२४, आइतबार । सबै राशिका लागि मिश्रित दिन रहेको छ । आज केही राशिका लागि राम्रो दिन रहनेछ भने केही राशिका व्यक्तिहरूले परिवार र साथीभाइबाट सहयोग प्राप्त गर्नेछन्।

मेष राशि
आज तपाईको दिन सामान्यतया राम्रो रहनेछ। आज तपाईलाई कुनै महत्त्वपूर्ण कामको लागि बाहिर जानु पर्न सक्छ। कार्यस्थलमा नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापारमा लाभ हुनेछ । आर्थिक स्थिति बलियो हुनेछ। परिवारमा शुभ कार्यक्रम हुनेछन् र स्वास्थ्य राम्रो रहनेछ।

वृष राशि
आज कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापारमा साझेदारी लाभदायक हुनेछ। मान सम्मानमा बृद्धि हुनेछ । कुनै विशेष कामको लागि बाहिर जानु पर्न सक्छ। परिवारमा कसैको स्वास्थ्यको कारणले चिन्तित हुनुहुनेछ।

मिथुन राशि
आज तपाई केहि समस्यामा पर्न सक्नुहुन्छ। अनावश्यक वादविवादमा नपर्नुहोस्, बोलीमा नियन्त्रण राख्नुहोस्। व्यापारमा कुनै पनि नयाँ काम सुरु नगर्नुहोस्। आर्थिक जोखिम नलिनुहोस्। परिवारका सदस्यहरूसँग मनमुटाव बढ्न सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

कर्कट राशि
आज आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। आफ्नो खाने बानी नियन्त्रण गर्नुहोस्। अनावश्यक बहसबाट टाढा रहनुहोस्। पैतृक सम्पत्तिका कारण घरपरिवारमा विवाद हुनसक्छ । कुनै पनि नयाँ काम सोचेर गर्नु होला । कसैलाई धेरै विश्वास गर्नाले तपाईलाई हानि पु¥याउन सक्छ। सवारी साधन आदि सावधानीपूर्वक चलाउनुहोस्।

सिंह राशि
पुराना रोकिएको काम पुरा हुनाले आज तपाईको मन प्रसन्न रहनेछ। कार्यस्थलमा प्रियजनबाट सहयोग प्राप्त हुनेछ। प्रशासनिक क्षेत्रमा काम गर्ने व्यक्तिको पदोन्नति हुन सक्छ। पत्नीबाट सहयोग मिल्नेछ । पुरानो साथीसँग भेटघाट हुनेछ । नयाँ कामको थालनीमा विशेष व्यक्तिबाट सहयोग मिल्नेछ।

कन्या राशि
आज तपाईको स्वास्थ्य राम्रो रहनेछ। मन प्रसन्न रहनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ । व्यापारमा नयाँ काम सुरु गर्न सकिनेछ, जसले लाभको सम्भावना बढ्नेछ। तपाईं ठूलो साझेदारीमा साझेदार हुन सक्नुहुन्छ। परिवारबाट सहयोग मिल्नेछ । परिवारमा शुभ कार्यहरू हुनेछन्।

तुला राशि
आज स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । आफ्नो खाने बानी नियन्त्रण गर्नुहोस्। कतै बाहिर नजानुहोस्। कसैलाई ठूलो रकम ऋण नदिनुहोस्। व्यवसायमा पुरानो सहयोगी साझेदारको कारणले घाटा बेहोर्नु पर्नेछ। बहसबाट टाढा रहनुहोस्।

वृश्चिक राशि
आज तपाईले आफ्नो स्वास्थ्यमा गिरावट महसुस गर्नुहुनेछ। अत्याधिक कामका कारण मानसिक तनाव र शारीरिक थकान रहनेछ। केही कामका कारण लामो दुरीको यात्रा गर्नु पर्ने हुनसक्छ । आज तपाई आफ्नो नजिकको व्यक्तिको कारण विवादमा फस्न सक्नुहुन्छ। परिवारमा मनमुटाव बढ्न सक्छ।

धनु राशि
आज धार्मिक यात्रा आदिमा जान सकिनेछ । आज तपाईको मन प्रसन्न रहनेछ। परिवारमा शुभ कार्यहरू हुनेछन्। मन अध्यात्मतर्फ आकर्षित हुनेछ। स्वास्थ्यमा केही उतारचढाव आउनेछ। व्यापारमा नयाँ काम आउनेछ । नयाँ गाडी, घर आदि किन्न सकिनेछ।

मकर राशि
आज तपाई कतै बाहिर जान सक्नुहुन्छ। आज स्वास्थ्यमा आराम महसुस हुनेछ। परिवारमा माया र स्नेहको वातावरण रहनेछ। आज तपाई परिवारका सदस्यहरु संग केहि नयाँ काम सुरु गर्न सक्नुहुन्छ। व्यापारमा नयाँ कार्यक्षेत्र मिल्नेछ । अपरिचित व्यक्तिलाई धेरै रकम ऋण नदिनुहोस्।

कुम्भ राशि
आज तपाई आफ्नो स्वास्थ्यको बारेमा चिन्तित हुन सक्नुहुन्छ, जसका कारण तपाईको मन अशान्त रहनेछ। परिवारमा कसैसँग मनमुटाव हुनेछ। आज वादविवादमा नपर्दा राम्रो हुनेछ । अन्यथा अपमानको सामना गर्नुपर्ने हुन सक्छ। व्यापार व्यवसायमा उतारचढाव आउनेछ । आज काममा बाधा आउनेछ ।

मीन राशि

आज अलिकति सचेत रहनु होला । सवारी साधन आदि प्रयोग गर्दा सावधानी अपनाउनुहोला । बहसबाट टाढा रहनुहोस्। परिवार तथा समाजमा विशेष व्यक्तिसँग विवाद उत्पन्न हुन सक्छ। घरमा शुभ कार्यको सम्भावना रहनेछ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);