सुदन किराँतीले ल्याए ‘पलपल बगिरहेछु’ | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

सुदन किराँतीले ल्याए ‘पलपल बगिरहेछु’

काठमाडौं,२७ फागुन । नेकपा माओवादी केन्द्र) का सांसद एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा एक कार्यक्रमबीच पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको हो ।

गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुनुहुन्छ भने लेखक सुदन किराँती र गायक, कनकाइस्ट राई हुनुहुन्छ । कार्यक्रममा बोल्दै सांसद किराँतीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताउनु भयो । उहाँले जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत विमोचन गरेको बताउनु भयो । उहाँले यही महिनामा बुद्ध र लुम्बिनी सम्बन्धी गीति भिडियो पनि सार्वजनिक गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म्युजिक भिडियो सार्वजनिक गरेका छौँ । जो चाहीँ मेरो जन्मदिन फागुन १८ गते, त्यही दिन नै सार्वजनिक गर्ने इच्छा थियो तर पूर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले भ्याइन । आज हामीले जन्म आफैँमा मान्छेको ठूलो सिर्जना हो र यसलाई नै फरक तरिकाले मनाउँ भनेर हो । भैरवबहादुर थापा नेपालको जिउँदो सम्पदा हो, संस्कृतिविद् । उहाँलाई हामीले सम्मान पनि गरेका छौँ । मान्ेछलाई प्रेरित गरोस् । जन्मेपछि मान्छे मरिन्छ नै । त्यसैले जन्मदिन पनि सिर्जनात्मक रुपमा मनाउन भनेर सार्वजनिक गरेका छौँ । जन्मदिनकै अवसर पारेर बुद्ध र लुम्बिनी सम्बन्धी भिडियो पनि तयार भएको छ । त्यो पनि सार्वजनिक हुँदैछ ।’

सांसद किराँतीले कार्यक्रममा संस्कृतिविद् भैरवबहादुर थापालाई सम्मान गरेको पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);