काठमाडौं,२५ फागुन । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
शुक्रवार बिहान साढे ९ बजेबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक शुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
परिवर्तित सत्ता समीकरण, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमका विषयमा सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।