काठमाडौं,२५ फागुन । नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथमा कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । पौडेल नेपाली सेनाको उनी परमाधिपति हुन् ।
सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सो अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।