महाशिवरात्रिमा बिहान २ बजेदेखि नै पशुपति मन्दिरको चार वटै ढोका खुल्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

महाशिवरात्रिमा बिहान २ बजेदेखि नै पशुपति मन्दिरको चार वटै ढोका खुल्ने

काठमाडौं,२४ फागुन । महाशिवरात्रि पर्व व्यवस्थितरूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सात वटा उपसमिति गठन गरी कार्य विभाजनसमेत गरेको छ ।

महाशिवरात्रिका लागि गठित उपसमितिले सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, दर्शन मार्ग, पार्किङ तथा ट्राफिक व्यवस्थापन, साधुसन्तको सेवा एवम् धार्मिक कार्यक्रम, सजावट तथा मेला बजारलाई निर्बाधरूपमा सञ्चालन गर्ने जनाएको छ ।

यसैगरी महाशिवरात्रिका दिन शुक्रबार बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरको चार वटै ढोका खोली भक्तजनलाई सहज दर्शन गराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने कोषले अनुमान गरेको छ ।

पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ । महाशिवरात्रिका दिन पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, झन्डै छ सय जना सवयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन हुनेछन्

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);