यु–१६ महिला साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो सफलता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

यु–१६ महिला साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो सफलता

काठमाडौं,२२ फागुन । नेपालले सोमवार भूटानमाथि ३–० को जित निकाल्दै घरेलु मैदानमा जारी साफ यु–१६ महिला साफ च्याम्पियनसिपमा पहिलो सफलता निकालेको छ ।

यसअघि नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० को हारसँगै साफ यु–१६ महिला च्याम्पियनसिपको शुरुवात गरेको थियो । सोमबार कमजोर प्रतिद्वन्दी भूटानबिरुद्ध भने नेपालले सहज जित निकाल्यो । भूटानले पहिलो खेलमा भारतसँग ७–० ले नतिजा सुम्पिएको थियो । सोमवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पनि पाहुना टोली भूटानले हार व्यहो¥यो । नेपालको जितमा पूजा गिरी, कप्तान भुमिका बुढाथोकी र ज्ञान्सु डोल्मा लोले गोल गरे । यो जितसँगै दुई खेलबाट नेपालले तीन अंक जोड्यो र फाइनल सम्भावनालाई जीवितै राखेको छ ।

लगातार हारपछि भुटानको भने फाइनल सम्भावना सकिएको छ । नेपालले खेलको १४ औं मिनेटमा गोल गरिन् । बप्तिका कार्कीको पासमा पूजाले गोल गरेकी हुन् । चार मिनेटपछि नै कप्तान भुमिकाले नेपालको अग्रता दोब्बर बनाइन् । भुमिकाले पनि बप्तिकाकै पासमा गोल गरेकी हुन् । ३१ औं मिनेटमा ज्ञान्सुले फ्रिकिकमार्फत गोल गर्दै नेपाललाई ३–० ले अगाडि बढाइन् । त्यसपछि कुनै गोल हुन नसक्दा नेपालले सहज जित निकाल्यो ।

अब नेपालले बिहीवार भारत तथा भूटानले शुक्रवार बंगलादेशको सामना गर्नेछन् । त्यसअघि मंगलवार बंगलादेश र भारतबीचको खेल हुनेछ । चार राष्ट्रको प्रतिष्पर्धा रहेको साफ यु–१६ नेपालमा शुक्रवारदेखि शुरु भएको हो । बंगलादेशले एक खेलबाट तीन अंक जोड्दा समान खेलबाट भारतको पनि तीन अंक नै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);