काठमाडौं,२१ फागुन । सर्वोत्तम सिमेन्टले आईपीओ फागुन २५ गते शुक्रबार बाँडफाँट गर्ने भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट गर्ने कम्पनीले जनाएको छ ।
गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि कम्पनीले निष्काशन गरेको थियो। सो शेयरका लागि कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको छ।
धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट हुनेछ।