काठमाडौं,२१ फागुन । आज बोलाइएको संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक स्थगित हुने सम्भावना भएको छ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुने भनिएको थियो ।
प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आ.व.२०७९÷०८० पेश गर्ने, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रश्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूचि रहेको थियो ।
साथै प्रतिपक्ष दलहरुले उठाएको समसामयिक विषयका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूचि रहेको छ ।
दिउँसो सवा एक बजेबाट शुरु हुने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको ६४औं वार्षिक प्रतिवेदन, २०७९÷०८० सभा समक्ष पेस गर्ने, नवनिर्वाचित सदस्यहरुको स्वागत तगा सदस्यहरुबाट सभामा अपेक्षा प्रश्तुत गर्ने कार्यसूचि रहेको रहेको थियो ।