आन्दोलन सशक्त बनाउने कवाडी व्यवसायीहरुको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

आन्दोलन सशक्त बनाउने कवाडी व्यवसायीहरुको चेतावनी

काठमाडौं,२१ फागुन । काठमाडौं उपत्यकाका कवाडी व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाको मातहतमा रहेका वडा कार्यालयहरुले कवाडी हटाउने आदेश भन्दै कवाड व्यवसायीलाई ७ देखि ३५ दिनको म्याद तोकी निर्देशनात्मक अनुरोध भनि पत्र पठाएसँगै व्यवसायीहरुले बिरोध प्रदर्शन शुरु गरेका हुन् ।

आईतवार उनीहरुले बुद्धनगरमा बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले न्युन आर्थिक अवस्थाका लाखौँ नागरिकको रोजीरोटी खोसिने भन्दै निर्णय फिर्ता लिन आग्रह गरेका छन् । सरकारले सरसफाईका लागि लगानी गर्नुको साटो कवाड पेशाकर्मी तथा व्यवसायीले राज्यलाई तिरो तिरेर व्यवसाय चलाइरहँदा समेत बिस्थापित बनाउन खोजेको आरोप लगाए । आईतवार कवाडी समुदायको जुलुस शंखमुलदेखि त्रिपुरेश्वर, सुन्धारा हुँदै प्रदर्शनीमार्ग काठमाडौं पुगेर बिरोध सभामा परिणत भएको छ । संविधान, श्रम तथा रोजगारीको हक अधिकार, मानव अधिकार लगायत मूल्य र मान्यता विपरित उचित व्यवस्थापन बिना महानगरले कवाड हटाउने निर्णय गरेकोमा उक्त निर्णय फिर्ता नलिएसम्म आन्दोलन नरोक्ने उनीहरुको चेतावनी छ । आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय कवाडी व्यापारी व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठले आजको ¥याली काठमाडौं महानगरपालिकाले व्यवसायलाई राज्यको कानून विपरित दमनकारी कार्यक्रम ल्याएकाले आन्दोलन गर्नुपरेको बताउनु भयो । महानग्रले कवाडी पेशालाई अध्ययन नै नगरी गलत ढंगले व्याख्या गरी व्यवसायीलाई लखेटेको बताउनु भयो । उहाँले यथाशिघ्र संवाद गरी व्यवसाय व्यवस्थित नगरे आन्दोलन झनै सशक्त रुपमा अघि बढाउने चेतावनी दिनुभयो । त्यस्तै आन्दोलनमा सहभागी सञ्जय साहले महानगर पम्रख बालेन्द्र साहले कवाडी व्यवसायीलाई तल्लो वर्गको सोचेर भेट्न नदिएको आरोप लगाउनु भयो । मेयरले लाखौँ युवाको रोजगार खोस्ने अधिकार नरहेको जिकिर गर्नुभयो ।

आन्दोलनमा सहभागीहरुले अदालतको निर्णयको सम्मान गरौँ, अनाधिकृत ढंगले कवाड अटाउने कार्य बन्द गरौँ । कवाडमाथि डोजर चलाउने कार्य बन्द गर, कानूनी शासन लागू गर, कवाडी एकता जिन्दवाद लगायतका प्लेकार्ड र नारा लगाइ बिरोध प्रदर्शन गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);