त्रिदेशीय टी–२० आई श्रृंखलाः उपाधिका लागि नेपाल र नेदरल्याण्ड भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

त्रिदेशीय टी–२० आई श्रृंखलाः उपाधिका लागि नेपाल र नेदरल्याण्ड भिड्ने

काठमाडौं,२१ फागुन । नेपालले त्रिदेशीय टी–२० आई श्रृंखलाको उपाधिका लागि नेदरल्याण्ड्ससँग प्रतिष्पर्धा गर्ने भएको छ । नामिबिया र नेदरल्याण्ड्सबीच लिग चरणको अन्तिम खेल आईतवार वर्षाका कारण रद्ध भएसँगै दुवै टोलीले एक अंक बाँडे । शीर्ष दुईमा स्थानमा बनाउन नामिबियाले यो खेल जित्नैपर्ने थियो । यद्यपि वर्षाका कारण पहिलो इनिङ पूरा नहुँदै खेल रोकिन पुग्यो । यो नतिजासँगै चार खेलबाट पाँच अंक जोड्दै नेदरल्याण्ड्स शिर्ष स्थानमा यथावत रह्यो । नामिबिया भने समान खेलबाट तीन अंकका साथ पुछारमा नै खुम्चिएपछि नेपाल र डच टोलीबीच उपाधि भिडन्त तय भएको हो । नेपाल र नेदरल्याण्डबीच मंगलवार उपाधि भिडन्त हुनेछ ।

लिगमा आफ्नो अन्तिम खेलमा नेपालले डच टोलीमाथि नै नै रबाफिलो जित निकाल्दै उपाधि भिडन्त तय गरेको हो । यो लय नेपाल फाइनलमा जारी राख्ने लक्ष्यमा हुनेछ । नेपालले शनिवार नै कम्तीमा दुई स्थानमा रहेर फाइनलमा यात्रा तय गरिसकेको थियो । चार खेलबाट चार अंकका साथ दोस्रो स्थानमा रहेपछि नेपालले फाइनल यात्रा तय गरेको हो । आईतवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । तर १५ ओभरमा नामिबिया ९८÷५ को अवस्थामा रहँदा वर्षाको कारण खेल रोकियो ।

नामिबियाका जान लोफ्टी इटन ३४ रनमा र जान ग्रिन ११ रनमा क्रिजमा थिए । तर भारी वर्षाका कारण खेल पुनः सञ्चालन हुन सकेन र दुवै टोलीले अंक बाँडे । नेपालले श्रृंखलामा उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान बनाएको हो । यस क्रममा नेपालले पहिलो दुई खेल गुमाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);