ठुलो बुवाको घरमा बस्दै आएका बेपत्ता बालक हेटौंडामा भेटिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ठुलो बुवाको घरमा बस्दै आएका बेपत्ता बालक हेटौंडामा भेटिए

काठमाडौं,२० फागुन । चितवनमा विद्यालयबाट फर्कदै बेपत्ता भएका बालक हेटौंडामा फेला परेका छन् । विद्यालयबाट घर फर्किने क्रममा ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय निकेश बराल दिउँसोबाट बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी कसरी किन त्यहा पुुगे भन्ने बारे प्रहरीले केही खुलाएको छ्रैन । निकेशलाई हेटौंडाकै सामुदायिक प्रहरी कार्यालयमा राखिएको छ । उनका आफन्त त्यहाँ पुुगेका छन् ।

विद्यालयबाट घर फर्किने क्रममा पोखरा घर भई चितवनको गीतानगरमा ठुलो बुवाको घरमा बसेर निकेशले अध्ययन गर्दै आएका थिए ।

म्याजिक चढेर विद्यालय गएका निकेश दिउँसो साढे १ बजेतिरबाट बेपत्ता भएका हुन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अन्य दिन भने उनी विद्यालयकै भ्यानमा आउने जाने गर्दथे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);