चलचित्र अगस्त्यको प्रिमियर शो सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

चलचित्र अगस्त्यको प्रिमियर शो सम्पन्न

काठमाडौं,१८ फागुन । चलचित्र अगस्त्यको प्रिमियर शो भएको छ । बिहीवार ललितपुरमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शोमा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

फागुन १८ (शुक्रवार) बाट प्रदर्शनमा आएको चलचित्र अगस्त्य हेरिसकेपछि सिनेपत्रकारहरुसँग कुरा गर्दै अभिनेता सुशिल श्रेष्ठ चलचित्रको कथा र अभिनय धेरै नै राम्रो रहेको बताउनु भयो । उहाँले चलचित्रका हरेक पात्रले गरेको अभिनयले दर्शकको ध्यान तान्ने बताउनु भयो । उहाँले नेपालमा अन्य सिनेमाहरु भन्दा अगस्त्य फरक रहेको दाबी गर्नुभयो । त्यस्तै अभिनेता सौगात मल्लले चलचित्रमा आफ्नो पात्रको अभिनय गर्न केही कठिन भएपनि रमाइलो मानेर नै अभिनय गरेको बताउनु भयो ।

फिल्ममा सौगातसँगै नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झालगायत कलाकारको अभिनय छ । फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);