काठमाडौं,१५ फागुन । सिंहदरबार आसपास फुटपाथमा हिड्न निषेध गरिएको छ । प्रहरीले लघुवित्तका ऋणीहरुको समुह संसद भवन छिरेपछि सिंहदरबार वरपरका फुटपाथमा हिड्न पनि रोक लगाएको हो ।
प्रहरीले सिंहदरबार आसपासमा अहिले फुटपाथमा डोरी लगाएर निषेधित क्षेत्र नै लेखिदिएको छ । संसद भवन आसपास हिड्न रोक नलगाएपनि समुहमा भने हिड्न निषेध गरिएको छ ।
सोमबार लघुवित्त पीडितहरु संसद भवनमा प्रवेश गरेपछि बाहिर सुरक्षामा खटिएका ३२ जनालाई जिम्मेवारीबाट बन्चित गरिएको छ ।