गगनको प्रस्तावः अख्तियारले डामेको, आयोगले पोलेको र सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई घर पठाएर छानबिन गरौँ | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

गगनको प्रस्तावः अख्तियारले डामेको, आयोगले पोलेको र सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई घर पठाएर छानबिन गरौँ

काठमाडौं,१४ फागुन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसद आरोप प्रत्यारोपमै सिमित बनेको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा केन्द्रित हुँदा संसदमा गहन विषयमा छलफल हुन नपाएको गुनासो गर्नुभयो ।

उहाँले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइ निष्पक्ष अनुसन्धान गर्नुपर्ने टिप्पणी गर्नुभयो । उहाँले सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइ अनुसन्धान गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगत केही दिनदेखि यताकोले उता पक्ष र उताकोल यताको पक्षको दाग देखाउने काम भइरहेको छ । यही पाराले त न संसद राम्रोसँग चल्ने भयो, मुल विषय पनि छायाँमा पर्ने भयो । आसनको दायाँ बस्ने होस् की बायाँ बस्ने होस्, काखैको होस् की पाखैको होस्, अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔँ । अनि सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाएर अनुसन्धान गर्न लगाऔँ । यत्ति गर्नसके होला ? निर्दोष भए फर्किएर आउला, फूलमाला लगएर स्वागत गरौँला । दोषी भए दण्ड व्यहोर्नु होला । अलि सफा गर्नसके मिटरब्याज, दुध किसानको बारेमा, एनसेलको प्रतिवदेनको बारेमा जमेर छलफल गर्न सकिन्छ ।’

महामन्त्र िथापाले संसद सफा गर्नसकेमात्रै मिटरब्याज, दुध किसानको समस्या समाधानका बारेमा छलफल गर्न सकिने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);