आज पनि एमालेले संसद अबरुद्ध गर्ला ? | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

आज पनि एमालेले संसद अबरुद्ध गर्ला ?

काठमाडौं,१३ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि संसद बैठक अबरुद्ध गर्ने भएको छ ।

टेरामक्स प्रकरण, बालकुमारी घटना र रामग्राम क्षेत्रको भाडामा दिने लगायतका विषयमा प्रश्न उठाउँदै आज पनि अबरोध जारी राख्ने पार्टीले तयारी गरेको छ । प्रश्न उठेका र सम्बन्धित मन्त्रीहरुको राजीनामा नआएसम्म संसद अबरोधका कार्यक्रम नरोकिने एक नेताले बताए ।

एमालेले स्वास्थ्य मन्त्री मोहन बस्नेत,भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको राजीनामा माग्दै सदन अबरुद्ध गरिरहेको छ ।

रामग्राम क्षेत्रको भाडामा दिने विषयमा मन्त्री किरातीको राजीनामा एमालेले माग गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);