शाहरुख खानको प्रियंका चोपडासँग अफेयर थियो ? | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

शाहरुख खानको प्रियंका चोपडासँग अफेयर थियो ?

एजेन्सी,११ फागुन । बलिउडका बादशाह शाहरुख खान र अभिनेत्री प्रियंका चोपडा फेरि एकपटक चर्चामा छन् । अहिलेसम्म दुवै सुपरस्टारको अफेयरको हल्ला धेरै पटक सुनिएको छ । शाहरुख खानको एक्स्ट्रा मैरिटल अफेयरको यो विवाद उनको नजिकका साथी विवेक वासवानीका कारण फेरि चर्चामा छ ।

शाहरुख र प्रियंकाको अफेयरको हल्ला त्यतिबेला चल्न थाल्यो जब दुबैले डन २ मा सँगै काम गरिरहेका थिए । अहिले अभिनेताका साथी विवेक वासवानीले आफ्नो एक अन्तर्वार्तामा यसबारे कुरा गरेका छन् । अभिनेता तथा निर्माता विवेक वासवानीले शाहरुख खानलाई फिल्म ‘राजु बन गया जेन्टलम्यान’ बाट सुरुवात गरेका थिए । संघर्षका दिनमा दुवै जना सँगै बसे । विवेक वासवानीले सिद्धार्थ काननसँगको कुराकानीमा शाहरुख खानको सम्बन्धको बारेमा भने कि उनी एक सुपरस्टार हुन्, त्यसैले मानिसहरू धेरै अनुमान लगाउन मन पराउँछन् तर ती सत्य होइनन्।

शाहरुख खान विवेक वासवानीसँग पनि सम्बन्धमा रहेको हल्ला चलेको थियो । यसबारे सोध्दा उनले भनिन्, “सम्बन्ध? मतलब? शारीरिक सम्बन्ध? होइन, उहाँ त्यस्तो व्यक्ति होइन। मलाई थाहा छैन यो हल्ला कहाँबाट आयो। हामी एउटै घरमा बस्दै आएका थियौं, मेरा आमाबुवा त्यहाँ थिए। तनाव थियो, करियर थियो, गौरीसँग छिट्टै बिहे गर्नुप¥यो, यी सबैमा सम्बन्ध कहाँ होला ? मित्रताको सम्बन्ध थियो तर शारीरिक सम्बन्ध थिएन ?“

विवेक वासवानीले अगाडि भने कि शाहरुख जति स्टार बने, उनको बारेमा धेरै कुराहरु लेखिन थाले । “यो साँचो होइन। सत्य यो हो, उहाँ मेरो जीवनभर एक साथी हुनुहुन्छ, जबदेखि मैले उहाँलाई चिनेको छु । तपाईंले कति केटीहरूको बारेमा सुन्नु भएको छ ? प्रियंका चोपडाको बारेमा अफवाह छ, त्योपनि एक अफवाह हो । उहाँ त्यस्तो व्यक्ति होइन।“

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);