एजेन्सी,११ फागुन । भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी) का स्थानीय नेता पीवी सत्यनाथनको केरलाको कोझिकोड जिल्लाको कोइलान्डीमा एक मन्दिर उत्सवको क्रममा हत्या भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार घटना बिहीबार राति चेरापुरम मन्दिरमा उत्सवको क्रममा भएको हो। सीपीआई (एम) का जिल्ला सचिव पी मोहननले सत्यनाथनमाथि बञ्चरोले प्रहार भएको दाबी गरेका छन्।
नेकपाका नेताको हत्याको विरोधमा आज कोइल्यान्डीमा बन्दको घोषणा गरिएको छ ।