वीरगञ्जको अनिश्चितकालिन कर्फ्यू पूर्णरूपमा हट्यो | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

वीरगञ्जको अनिश्चितकालिन कर्फ्यू पूर्णरूपमा हट्यो

पर्सा, १० फागुन । पर्साको वीरगञ्जमा लगाएको कर्फ्यू स्थानीय प्रशासनले हटाएको छ । अवस्था सामान्य बन्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले पूर्णरूपमा कर्फ्यू हटाएको हो ।

जिल्ला प्रशासनले सोमबारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा लगाएको अनिश्चितकालिन कर्फ्यू हटाएको हो । बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमादुईपक्षबीच झडप भएको विषयमा वीरगञ्जमा पनि तनावको स्थिति उत्पन्न भएपछि सोमबारदेखि कर्फ्यू लगाइएको थियो ।

यस्तै, रौतहटको ईशनाथ नगरपालिकामा शनिबारदेखि लागेको कर्फ्यू पनि स्थानीय प्रशासनले बुधबार अपराह्नदेखि हटाएको छ । ईशनाथ–७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि शनिबारदेखि लागेको कर्फ्यू लगाइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);