बिमल जैरु,डडेल्धुरा ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराले राजसंस्था पुनःस्थापन प्रदेश खारेजी लगायतका ४० बुँदे माग सहित ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।
राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार,भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता,विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखी जिल्ला सदरमुकामबाट रÞ्यालीसहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
राप्रपा डडेल्धुरा पार्टी कार्यलयबाट दिउसो १ बजे निस्केको रÞ्याली जिल्ला सदरमुकामको बसपार्क मल्लो खलँगा हुदै जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।




