देशभरका मिटरब्याज पीडितहरू काठमाडौं आइपुगे | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

देशभरका मिटरब्याज पीडितहरू काठमाडौं आइपुगे

देशभरका मिटरब्याज पीडितहरू काठमाडौं आइपुगेका छन् ।
उनीहरुले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं प्रवेश गरेका हुन् । उनीहरु भरतपुरमा एकीकृत भई निर्णायक आन्दोलनका लागि काठमाडौंमा आएका हुन् ।

पीडितहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए । १७ दिन हिँडेर फागुन ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् ।

फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग राखेका छन् । यसअघि गत वर्ष चैत १२ गते पनि पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए ।

पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले फेरी आन्दोलन गर्नुपरेको उनिहरुले बताएका छन् ।

लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समिति नेपालले माघ १६ गतेबाट पैदल यात्रा शुरु गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);