काठमाडौं,८ फागुन । प्रहरीको खोजीमा रहेका जिबि राई मलेसियामा भएको पत्ता लागेको छ । प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)मार्फत डिफ्युजन नोटिस जारी भएका राई मलेसियामा रहेको लोकेट भएको हो ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणपछि उनी फरार थिए ।
सहकारीका संस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई भागेर मलेसियामा अर्पाटमेन्ट खरिद गरेर बसेको प्रहरीले निष्कर्ष निकालेको छ । राईलाई नेपाल ल्याउनका लागि प्रहरीले रेड नोटिसमा कन्भर्ट गर्ने प्रक्रियामा रहेको बुझिएको छ ।