मिटरब्याज पीडितहरु निर्णायक आन्दोलनका लागि आज काठमाडौं आइपुग्दै | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

मिटरब्याज पीडितहरु निर्णायक आन्दोलनका लागि आज काठमाडौं आइपुग्दै

काठमाडौं,८ फागुन । न्याय मार्चमा निस्किएका मिटरब्याज पीडितहरु निर्णायक आन्दोलनका लागि भन्दै काठमाण्डौ आइपुग्दैछन् । सोमबार धादिङको पिपलटार आइपुगेका मिटरब्याज पीडितहरु आज काठमाण्डौ छिर्ने तयारीमा छन् ।

गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका उनीहरु सार्वजनिक ठाउँमा बस्ने र खाने गर्दै अगाडि बढिरहेका छन् । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका उनिहरु त्यसपछि काठमाण्डौतर्फ लागेका हुन् । मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरुका माग छन् ।

यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याज पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ आएका थिए । पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याज पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गएको मंसिरमा सुझावसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो । झण्डै २८ हजार उजुरी लिएको आयोगले ५ हजार मिलापत्र पनि गराएको छ । तर समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र सरकारले समस्या नसुनेको कारण फेरि हिँडेर उनिहरु काठमाडौसम्मको यात्रा गर्न बाध्य भएका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);