काँग्रेसमा वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पती छानविन होला ? | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

काँग्रेसमा वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पती छानविन होला ?

काठमाडौं,८ फागुन । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पती छानविन गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार नेपाली काँग्रेसको महासमिति बैठक उद्घाटन सत्रमा बोल्दै उपसभापति गुरुङले पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि आफूजस्ता मन्त्रीहरुसम्मका सम्पती छानविन गर्नुपर्ने प्रश्ताव महासमितिले पारित गर्नुपर्ने बताउनुभएको हो । उहाँले महासमिति बैठकले यस्तो प्रश्ताव पारित गरेमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभयो । उहाँले क्रोनी क्यापिटालिजमका कारणले गर्दा नेताहरु व्यापारीजस्ता व्यापारीहरु नेताजस्ता देखिएका बताउनु भयो । उहाँले महासमिति बैठक क्रोनी क्यापिटालिजमका बिरुद्धमा एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचारका कारण आर्थिक सुशासन कायम गर्न नसकिएको पनि बताउनु भयो । उहाँले भ्रष्टाचार रहेसम्म वर्गिय असमानता कायम रहने बताउनु भयो ।

उहाँले भन्नुभयो –‘अर्थतन्त्रको बारेमा कुरा गर्दै गर्दा निश्चित रुपमा कोरोनाका कारण संसारभर अर्थतन्त्र मन्दीमा पुग्यो । त्यसपछि बिस्तारै बिस्तारै उठिरहेको छ । हाम्रो मुलुकमा पनि अर्थतन्त्र बिस्तारै बिस्तारै सकारात्मक दिशातर्फ उन्मुख भइरहेको कुरा मैले भनिरहनु पर्दैन । परिवर्तनको यात्रामा अगाडी बढिरहेको छ । किन हामीले अझ ह्वात्तै फड्को मार्न सकिरहेका छैनौँ भन्दा एउटा कुरा भन्नैपर्छ, नेपाली राजनीतिमा देखिएको यो क्रोनी क्यापिटालिजमको प्रभावले कतै हामीले बाटो पहिल्याउन सकिरहेका छैनौँ कि ? त्यसतर्फ हामीले बुझ्नु आवश्यक छ । यो क्रोनी क्यापिटालिजमका कारणले गर्दा नेताहरु व्यापारीजस्ता देखिए । र व्यापारीहरु कतै नेताजस्ता देखिए । त्यसैकारणले गर्दाखेरी हामी अल्मल्लिइरहेका छौँ । निवेदन गर्न चाहन्छु कि बहस हामीले यसरी छेड्न सक्नुपर्दछ । यो महासमिति बैठक सम्पन्न गर्दै गर्दाखेरी क्रोनी क्यापिटालिजमका बिरुद्धमा महासमिति बैठक एक ठाउँमा उभिएर एउटा आवाज लिएर अगाडी बढ्न सक्नुपर्दछ । क्रोनी क्यापिटालिजमकै कारणले गर्दाखेरी आर्थिक सुशासन जसरी कायम गर्न खोजिरहेका थियौँ त्यसरी आर्थिक सुशासन कायम गर्न सकेका छैनौँ । आर्थिक सुशासन कायम गर्न नसक्नु भनेको भ्रष्टाचार नै हो । भ्रष्टाचारका कारण हामी अल्मल्लिएका छौँ । त्यसैले गर्दाखेरी म निवेदन गर्न चाहन्छु, जबसम्म भ्रष्टाचार रहन्छ, तबसम्म विपन्नलाई सम्पन्न बनाउन सकिँदैन । भुँइ मान्छेलाई माथि उठाउन सकिन्न । झुपडीलाई महलमा परिवर्तन गर्न सकिन्न । फेदमा बसेकोलाई टुप्पोमा पु¥याउन सकिदैन । यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु । जनतालाई छुने गरेर यो महासमिति बैठक सम्पन्न हुनैपर्छ । त्यसकारणले काँग्रेसको तर्फबाट वडा अध्यक्ष भएदेखि मजस्ता मन्त्री भएकाहरुको सम्पती छानविन गरिनुपर्छ भन्ने प्रश्ताव यो महासमितिले प्रश्ताव पारित गरिनुपर्छ म निवेदन गर्न चाहन्छु । यति गरेमा आगामी दिनमा पहिलो पार्टी मात्र होइन बहुमतको पार्टी फेरि तीनै तहमा अगाडी बढ्नेछौँ ।’

उपसभापति गुरुङले पार्टीको संगठनात्मक संरचना कस्तो बनाउने भन्ने विषयमा महासमिति बैठकले उपयुक्त निर्णय गर्नुपर्ने बताउन ुभयो । केन्द्रिय समिति बैठकले गरेका निर्णयहरुलाई महासमिति बैठकले सच्याउन पनि सक्ने उहाँको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);